बारा, जो काठमाडौं छेउको मकवानपुरदेखि र भारतको विहारसम्म फैलिएको छ

बारा जिल्ला समुन्द्र सतहबाट १५२ देखि ९१५ मिटरको उचाईमा अवस्थित यो जिल्ला ११९० वर्ग कि।मि।मा फैलिएको छ । नेपालको मधेश प्रदेश अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ । यस जिल्लाको पुर्वमा रौतहट, पश्‍चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला पर्दछ ।

२०६८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या ६८७७०८ रहेको छ । जसमध्ये ३२५१२४४ पुरुष र ३३६४६४ महिला रहेका छन् । यस अविधिको जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको देखिन्छ ।

प्रमुख धार्मिक स्थलः श्री गढीमाई मन्दिर, श्री कंकाली मन्दिर, श्री चुरियामाई मन्दिर, जीतपुर गढिमाई मन्दिर, श्री सनुखिया माई मन्दिर, ऐतिहासिक हलखोरिया दह, रनिवास मन्दिर (रामजानकि मन्दिर), सहजनाथ महादेव मन्दिर, ऐतिहासिक सिद्धेश्‍वर महादेव मन्दिर आदि ।

प्रमुख ऐतिहासिक स्थलः कलैया उ.म.न.पा. भित्र पर्ने दरवार, सिद्धेश्वर संस्कृत मा.वि., सिम्रौनगढ न.पा. भित्र पर्ने रनिवास मन्दिर, कंकाली मन्दिर, पत्थरको पिलर, झरौखर पोखरी, ईशरा पोखरी, काँटघाँट, आदर्श कोतवाल भित्र पर्ने कोतवाल, बारागढी, काइलामन, सुर्वण न.पा. भित्र पर्ने कव्ही दरवार आदि ।

बारा जिल्ला देशकै महत्वपूर्ण औद्योगिक क्षेत्रको रुपमा पनि रहको छ । यस जिल्लामा सूर्या नेपाल कम्पनी लि., डाबर नेपाल, हिमाल आईरन, जगदम्बा स्टिल, भगवती स्टिल, नेशनल हेल्थकेयर, नेपाल फर्मास्युटिकललगायत स्टिल, फलाम, सिमेन्ट, औषधी, खाद्य पदार्थहरुका उद्योग रहेका छन् ।

स्थानिय तह

उपमहानगरपालिकाः कलैया, जितपुरसिमरा ।

नगरपालिकाः कोल्हवी, महागढीमाई, पचरौता, सिम्रौनगढ, निजगढ ।

गाउँपालिकाः परवानीपुर, प्रसौनी, बारागढी, आदर्शकोतवाल, विश्रामपुर, करैयामाई, फेटा, देवताल, सुवर्ण ।

(जिल्ला प्रशासन कार्यालय, बाराको वेभसाइटबाट)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button