डोटी, जहाँ जनसंख्या घट्दो छ

साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् ।

यस जिल्लाको कूल क्षेत्रफल २,०२५ वर्ग कि।मि। ९१,२९,१९९ हेक्टर० मध्ये ५९,१०१ हेक्टर भू-भाग वनजङ्गल, ७,१११ हेक्टर सरकारी तथा गौचरन, ३०,७११ हेक्टर नदीनाला, ७,७३८ हेक्टर संचित क्षेत्र र २४,५३८ हेक्टर सिंचित क्षेत्रले ओगटेको छ । यो जिल्लाको अधिकांश भू—भाग पहाडै पहाडले बनेको छ । यस जिल्लाको पश्चिम क्षेत्रमा रहेको भु–भाग र चुरे पूर्वततिरका भूभाग घनाजंङ्गलले ढाकेको छ । उत्तर क्षेत्रको भूमि त्यति उव्जाउ किसिमको छैन र यो क्षेत्रको धेरैजसो भूमि पातलो वनजंङ्गल तथा वुट्यानले ढाकेको छ । अधिकांश भू–भाग बढी भिरालो धरातल तथा कडा चट्टान र वालुवाले बनेकोले खेतीपातीको लागि उपयुक्त छैन । साथै यो क्षेत्र भौगोलिक दृष्टिकोणबाट पनि अति संवेदनशील मानिन्छ ।

समुद्र सतहदेखि ३३५ मिटर उचाईमा रहेको कानाचौर सेती नदीको किनार यस जिल्लाको सबैभन्दा होचो सतह हो भने ३२९५ मिटर उचाईमा रहेको खप्तड इलाका सबैभन्द्या अग्लो भाग हो । डोटी जिल्लास्थित प्रमुख राजमार्गहरुमा के.आई.सिंह मार्ग, भिमदत्त मार्ग र पहलमानसिंह स्वाँर मार्ग रहेका छन् । यहाँ सेती, ठूलीगाड, सानीगाड, कालागाडजस्ता प्रमुख नदीहरू तथा खप्तड, साकार, केदारजस्ता लेकहरू रहेका छन् ।

बसाइँ सरेर कैलाली, कञ्चनपुर लगायतका तराईका जिल्लाहरूमा जाने क्रम बढ्दो रहेको हुँदा यहाँको जनसंख्या घट्दो क्रममा रहेको छ । विशेष गरी कामको सिलसिलामा छिमेकी मुलुक भारतमा गई ज्याला मजदुरी गरी आय आर्जन गर्ने गरेको पाइन्छ । धान, गहुँ, कोदो, जौ, मकै, मसुरो, भटमास, तोरी, फापर, मास, आलु, बदाम, आदि यहाँका प्रमुख उत्पादनहरू हुन् । यहाँ उत्पादित कृषिबाली तथा फलफूलहरू छिमेकी जिल्लाहरू डडेल्धुरा, कैलालीसम्म समेत व्यापार हुने गरेको पाईन्छ । जिल्ला सदरमुकाम सिलगढी, पिपल्ला, राजपूर, दिपायल, बुडर, जोरायल यहाँका प्रमुख बजारहरू हुन् ।

(जिल्ला प्रशासन कार्यालय, डोटीको वेभसाइटबाट)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button