मनुख्खेले छक्कापन्जा गरेर थुपार्छ तर कुकुरले संग्रह गर्दैन

नारद गौतम

बह्वाशी स्वल्पसन्तुष्ट: सुनिद्रो लघुचेतन: ।
शूरश्च स्वामीभक्तश्च षडेते श्वानतो गुणा: ।।
-पञ्चतन्त्र

धेरै पाउने आशा राख्ने तर थोरै पाए अति सन्तुष्ट बन्ने ।लाँबो निद्रा भएको तर छिटोछिटो जाग्ने । शूर र स्वामीको भक्त ।
यति छ गुण कुकुरमा हुन्छन् र यसबाट मानवले यिनी छ कुराको शिक्षा लिनुपर्दछ ।

तुलना गरौँ त मानिससङ्ग- अड्कलेका तलबभत्ताले नपुगेर करोडौंको भ्रष्टाचार गर्छ । देश लुटिँदा जोगाउनु पर्ने कर्तव्यमा लाँबो निद्रामा छ पदासीन । गणतन्त्रमा मालिक भनेका जनता हुन् र यिनको आबाज सुन्दैन । बरु विदेशीलाई स्वामी मानेर भक्त छ कुर्चीका लागि ।
भैरवको बाहन मानिने यमराजको द्वारपाल कुकुरमा इमान र गुण छन् निरन्तर । कुकुरलाई पूज्नु र माला लगाइदिनु त कति हो कति राम्रो । मनुख्खेले जब मौका पाउँछ तब जसरीतसरी छक्कापन्जा गरेर थुपार्छ तर कुकुरले सङ्ग्रह गर्दैन । मानिसले अपराध गर्छ र अपराधी लुकाउँछ पनि । तर कुकुरले पत्ता लगाउँछ अपराधी । आज कतिपय मानवभन्दा त कुकुर धेरै राम्रो ठहरिँदै गएको छ ।

काकतिहार-
यमराजको सन्देशबाहक दूत मानिने कौवा हदैसम्मको चतुरो हुन्छ । बीस थरी आबाज निकाल्ने काग शकुनशास्त्रमा चर्चित छ । कतै बसेर कराए केही सन्देश दिईरहेको हुन्छ । काममा ढिलासुस्ती पनि गर्दैन ।
सिनो देखे एक्लै खान्न र कराएर अन्य कौवालाई बोलाउँछ । लुट्दैन । केही लुकाउन्न र देखे कराइहाल्छ । पढ्ने समयमा ‘काकचेष्टा’ कौवाको जस्तो चेष्टा होस् भनिन्छ । (गौतमको वालबाट साभार)

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button