बुढ्यौलीको दशैं

प्रकाशप्रसाद उपाध्याय

प्रतीक्षा गर्दै बसेको दशैं आयो र आज बिदाबारी हुने क्रममा छ । कोजाग्रत पूर्णिमासम्म टिकाटालोको परम्परा जीवन्त रहे पनि दशैंको उल्लास, रातो टिकाले भरिएको निधार र जमराले ढाकिएको केशराशि र कानका डिल हेर्न पाउने दिनको लागि अब अर्को वर्षसम्म कुर्नुपर्नेछ ।

हुन त कोभिड–१९ (कोरोना)को संक्रमणको त्रास र भय कायम नै रहेकोले यस वर्ष पनि पोहोरजस्तै सामाजिक दूरीको वातावरणको धेरैले पालन गरे । मेरो घर पनि यस त्रासले प्रभावित रह्यो । टिकाटालोको परम्परा बुढाबुढीका बीचसम्म नै सिमित रह्यो । फोन र मोबाइल नै आफ्ना–आफन्तलाई आशिर्वाद र शुभकामना दिनमा सहायक भए । यी नभइदिएका भए अनुहार मात्र होइन स्वरसमेत सुन्नबाट वञ्चित हुनपथ्र्यो ।

यहाँ दिउँसो हुँदा अमेरिकामा राति हुन्छ । यसर्थ बेलुकी, जब त्यहाँ सूयदेर्व उदाउँछन्, फोनद्वारा छोरा–बुहारी र नातिनीलाई आशिर्वाद दिने सोच छ । विजयाको अग्रिम शुभकामना मोबाइलबाट पठाइसकिएको छ । कोरोना संक्रमण अब अर्को वर्षसम्म न्यूनतम स्तरमा पुग्ला र टिकाटालोको वातावरण उल्लासमय होला भन्ने आशा गर्दै एकपल्ट पुनः सबैप्रति विजयादशमीको हार्दिक शुभकामना, अग्रजहरूलाई नमस्कार, अनुजहरूलाई शुभाशिर्वाद र स्नेहिल पात्रहरूलाई प्रेमालिंगन व्यक्त गर्दछु ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button