‘संवैधानिक’ प्रावधानद्वारा अन्तर्घात गर्दैमा दशैँ मनाउन छाडाैँला त ?

‘धानकाे बाला झुल्याे हजुर, देशै रमायाे’
-जनकवि धर्मराज थापा

अरविन्द रिमाल

अयि गिरि नन्दिनि नन्दितमेदिनि विश्वविनाेदिनि नन्दिनुते
गिरिवर विन्ध्यशिराेधिनिवासिनि विष्णुविलाशिनि जिष्ण नुते।
भगवती हे शितिकण्ठ कुटुम्बिनि भूरिकुटुम्बिनि भूरिकृते
जय जय हे महिषासुरमर्दिनि रम्यकपर्दिनि शैलसुते।।

या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमाेे नम:

आज घटस्थापना ! लाेकभाषामा नाैरथाकाे पहिलाे दिन !! दुर्गाभवानी माताकाे पूजापाठ गर्ने वा नगर्ने जाे हुन्, दशैँकाे टीका थाप्ने, जमरा लगाउने काेही हुन् वा नहुन्, तर अपवाद विना, प्रत्येक नेपाली एवं परिवारकाे घरँआगनमा खुशियाली ल्याउने दशैँ, माैसममा शरदऋतुकाे वहार एवं सुवाश ल्याई धानकाे बाला झुलेर देशलाई नै रमाइलाे बनाउने दशैँ, गाउँघरमा डाेरीपिङ्ग हालेर केटाकेटी, युवायुवतीमात्र हाेइन कि बूढापाकाहरुलाई समेत राेमाञ्चित गर्नेगराउने दशैँकाे थालनी गर्ने घटस्थापनाकाे दिनकाे जयजयकार गर्दै समस्त नेपालीजनहरुलाई अभिनन्दन तथा अभिवादन गर्नपाउँदा हामी ८५ पार गरिसकेका बूढाबूढी हर्षविभाेर भएका छाैँ ।

सनातनकालदेखि चलिआएकाे दशैँकाे महिमा अपरम्पार छ । त्यसैले त हाेला, नेपालकाे हरेक शासनकालखण्डमा, अवश्य नै, आइपरेकाे आर्थिक- व्यावहारिक कठिनता झेल्दाझेल्दै पनि दशैँ शब्दमात्रले हाम्रा पुर्खादेखि लिएर आजसम्म, हामीमा यत्राे खुशियाली छाउने गरेकाे, जुन संस्कार-परम्परा भाेलि पनि कायम रहने कुरामा हामी ढुक्क हुनसक्दछाैँ । त्यसैले त हाेला, दशैँले प्रेम, सद्भाव, समता, भातृभाव एवं सबै मानवीय गुण- मूल्य-मान्यताहरुलाई उजागर गर्ने गरेकाे । त्यसैले त हाेला, अहिलेकाेे विशाल कान्तिपूरी नगरी पनि दशैँताका झण्डै एकतिहाई रित्तिएर शून्यजस्ताे हुनेगरेकाे । त्यसैले त हाेला, पूरै अरब खाडीक्षेत्रमा कामकाजमा लागेका लाखाैँलाख नेपालीहरु ठूलै संख्यामा नेपालका आ-आफ्ना शहर, गाउँघरमा दशैँकाे चाडबाड मनाउन आउने गरेका, आउन नपाएकाहरु छटछपटाइरहेका !

यस्ता जाने वा आउनेहरुमा के ‘लाेकतान्त्रिक- गणतान्त्रिक’ भनिटाेपलिने संविधानले दरेका ‘अन्य जाति’का नेपाली मात्रै जाँदा-आउँदा हाेलान् त ? के दशैँ राणाकालीन हुकुमीशासन व्यवस्थासँग जाेडिएर वा जाेडाउन लगाइएर ‘मूल्यांकन’ गरीन याेग्य चाडबाड हाे त ? के नेपालका, तत्कालीन हुन् कि वर्तमान, शासकहरुले मुख्यमुख्य प्रतिपक्ष दलहरुसँगकाे मिेलेमताेबाट नै विदेशी साम्राज्यवादी शक्तिकेन्द्रकाे ठाडाे आदेश मानेर ‘धर्मनिरपेक्षता’काे गैर-नेपाली ‘संवैधानिक’ प्रावधानद्वारा दशैँकाे अवमूल्यन तथा अन्तर्घात गर्दैमा हामीले दशैँकाे रमाइलाे मान्न र मनाउन छाडाैँला त ?

Ad

सत्ताअधिष्ठान पक्षका अधिवक्ता एवं प्रवक्ताहरु ‘राज्यकाे कुनै धर्म हुँदैन’ भन्दै ‘धर्मनिरपेक्षता’काे वकालत गर्ने गर्दछन् । कसैलाई धर्म परिवर्तनकाे खुला छूट दिनु, कसैलाई कट्टरवादकाे प्रचार-प्रसार गर्न दिनु अनि ‘अन्य’ भनिने अत्यधिक बहुसंख्यक जनसमुदायहरुका धार्मिक- आध्यात्मिक आस्थाका केन्द्र एवं प्रतीकहरुमाथि बाह्य विस्थापनकारी शक्तिकेन्द्रहरुकाे याेजनामा संगठित तरीकाले हमला हुँदा सरकारी निकायहरु चूप रहनु वा ‘सडक विस्तार’ आदिकाे नाममा आफैँ विध्वंसात्मक कर्तूतमा लाग्नुलाई पनि ‘धर्मनिरपेक्षता’कै काेटिमा राखेकाे मान्ने वा मान्नुपर्ने हामीले ? ‘अन्य’काे काेटिमा पर्नेहरुले मात्र मान्ने नभई अरु जातियताका सहृदयी एवं समभावी नेपालीहरुले पनि सुसम्मान गर्ने भएकाले नै आज दशैँमाथि कुत्सित प्रहार भएकाे ठान्नु अनुचित वा अन्यथा हुँदैन ।

हाम्राे दशैँलाई लिएर यताका केही वर्षदेखि, खास गरेर ‘लाेकतान्त्रिक-गणतन्त्रवादी’ थीति थाेपरिएदेखि, हुँदै आएका अन्तर्राष्ट्रिय एवं ‘राष्ट्रिय’ हमलामा पशुपंछी बधकाे पनि कुरा उठाइन्छ । यसकाे पाखण्डपन पनि उदाङ्ग छ । जुन शक्तिकेन्द्रहरुले याे विषय उठाउँछन् वा उठाउन लगाउँदछन् तिनले आफ्नै बत्तीमुन्तिरकाे अँध्याराे नदेखेकाे भन्नुपर्ला !

दशैँ काेही मानून् वा नमानून्, याे व्यक्तिविशेषकाे निजी माम्ला हाे । त्यसमा हाम्राे भन्नु क्यै छैन । तर, कुअभिप्रायबाट वा निहित स्वार्थकाे बशमा परेर, काेही दशैँकाे विराेध याेजनबद्ध किसिमले गर्दछ भने त्याे निश्चय नै नेपाल र समस्त नेपाली जनताप्रति जघन्य अपराध गरेकाे ठहर्ने छ ।

अन्त्यमा, याे लेख पढेर रुचाउने मित्रहरुले यसलाई, कृपया, शेयर गरिदिनुहुन र यसकाे शीर्षक पढ्दैमा आत्तिने ‘विपक्षीहरु’ले पनि यसलाई पढिदिनुहुन, निवेदन गर्दछाैँ ।

जयनेपाल !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button