
सुन्दर छ कोब्रा तिम्रो मनोहारी रूप !
टुक्का: नागपञ्चमी
श्रीकृष्ण शर्मा
१
मूल ढोकामाथि टाँस्नू नाग चित्र
डर हुन्न टोक्ने पस्ने घरभित्र ।
२
अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक
कुलीर, कर्कट, शङ्ख हुन् जीवन रक्षक ।
३
वर्जित छन् केही कुरा मान्नुपर्छ आज
हलो जोत्ने अनि खन्ने नगर्नू है काज ।
४
पायस पकाई शिव अनि नागलाई दिनू
पर्ने छैन चट्याङ घरमा वरदान लिनू ।
५
पूजा गरे बन्छन् यिनै हाम्रा रक्षक
बुझ्नू नाग नै हुन् परिक्षित भक्षक ।
६
सुन्दर छ कोब्रा तिम्रो मनोहारी रूप
नागलाई पूजा गर्दा टाढा बाल्नू धूप ।
७
नागबिच्छी विषालु छन् डस्न सक्छन् हेर
घर वरिपरि झाडी पाल्नुहुन्न हेर ।
८
अष्ट नाग पूजे अग्नि भय हुँदैन ए साधक
यिनै हाम्रा देवीदेउता पुजे बन्दैनन् बाधक ।
९
सर्पले त एकैचोटि डस्दैन लगातार
खतरा हुन्छन् दुष्ट साथी डस्छन् बारम्बार ।
१०
शङ्खचक्र, गदापद्य चन्द्रसूर्य साथमा
माछा पनि सँगै पूजे दर्द हुन्न माथमा ।
११
बुझ नागलाई दूध किन चढाउँछन् शिर
यसको गन्ध पाएमा भाग्छन् पर्ने छैन पीर ।
१२
घरका ढोका, कोठाचोटा सबै नागमय
शुद्ध मनले पूजेदेखि हुन्न सर्पभय ।
१३
सलल बगेर त्रास भर्न सक्छ यही हुँदा
नागलाई पूज्छन् परन्तु क्यै वास्ता छैन रुँदा ।
….
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




hardik Aabhar Nepal Namcha
हार्दिक बधाई श्रीकृष्ण शर्मा भाइ। सुन्दर टुक्काहरु ।
Beautiful creation.